२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

सोलुमा पहिलो पटक ढल प्रशोधन केन्द्र, मेयर शेर्पाले भने, ‘अब ढलको दिगो समाधान हुनेछ’


२६ फाल्गुन २०७९, शुक्रबार  

496
Shares

सोलुखुम्बु । सहरीकरणले छोएको सोलुखुम्बुको फाप्लु, सल्लेरी र दोर्पु क्षेत्रको ढल अब सहजै व्यवस्थापन हुँदै छ । जुन घरबाट ढल निस्किन्छ, अब पाईप लाईन मार्फत ढल प्रशोधन केन्द्रमा पुग्ने छ ।

सोलुदुधकुण्ड नगरपालिकाले नेपालमै पहिलो पटक ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु र दोर्पु बजार क्षेत्रको ढललाई व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । फाप्लुको ढल व्यवस्थापन गर्नका लागि ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, दोर्पुको ढल प्रशोधन केन्द्र पनि अन्तिम चरणको संघारमा छ ।

संघिय खानेपानी योजनाको २१ करोडको लागतमा यो आयोजनाको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले बताए । आफ्नो पहलमा नगरको बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भईरहेको योजनाको अनुगमन गर्न मेयर शेर्पा आफै पुग्ने गरेका छन् । अबको एक दुई महिना भित्रमा यो आयोजना सम्पन्न भई सञ्चालनमा आउने उनले बताए । ढलको दिहगो व्यवस्थापन सँगै, बातावारण प्रदुषण, रोग फैलिनबाट बच्न र ढल प्रशोधन गरि पानी खोलामा बग्ने यसको फाईदा रहेको उनले बताए । साथै, त्यहाँ उत्पादन भएको मल कृषकले प्रयोग गर्न पाउने छन् ।

खुल्ला दिशामुक्त घोषणा गरिएपनि खूल्ला ठाउँमा दिशापिसाब तथा खोला नालामा ढल छोडिराखेको अवस्थालाई मुक्त गर्न नगरपालिकाले यस्तो योजना ल्याएर काम गरेको हो । नगरपालिकाले यस किसिमको योजना ल्याएर खुसी भएको स्थानिय मिङमार तामाङले बताए ।

ढल व्यवस्थापन नयाँ प्रविधिबाट हुन लागेपछि तल्ला तहका जनप्रतिनिधि पनि खुसी छन् । ‘यसले वातावारणलाई प्रदुषणमुक्त बनाउनका लागि पनि सहयोग गर्छ,’ सोलुदुधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा र वडा नम्बर ४ फाप्लुका वडाध्यक्ष युवास तामाङले भने ।

यो आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनि एपेक्स सफल जोशी निर्माण म्पनिले जनाएको छ । आगामी बैशाख भित्रमा यि दुवै स्थानका प्रशोधन केन्द्र निर्माण भई स्थानिय तहलाई हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि टिका सुवेदीले बताए ।

घरघरबाट पाईप लाईन मार्फत ढल यि दुई प्रशोधन केन्द्रमा पुग्छ । यहाँ प्रशोधन भएपनि मल र पानी छुट्टाछुट्टै निस्कने छ । यहाँ उत्पादन भएको मल कृषकले प्रयोग गर्न सक्नेछन् भने पानी खोलामा बग्ने छ । तल्लो क्षेत्रमा बनाईएको संरचानमा घाँस तथा विरुवाहरु रोपीने छ । यो प्रकारको योजना सल्लेरी बजारमा पनि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ११ : ५९ बजे