१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७९, आइतबार  

16
Shares

ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा आधा दर्जन बढीको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन् ।

ओखलढुंगा सदरमुकामबाट काठमाण्डौको लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका २ कुईभिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रहरी नायब उपरीक्षक चिरणजिवि दाहालका अनुसार मृतक मध्ये २ जना महिला, २ पुरुष र १ बालकको मृत्यु भएको पुष्टि भईसकेको छ भने अन्यको पुष्टि हुन बाँकी छ । यद्यपी घटनामा ९ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा अन्य दर्जनौ घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये २४ जनाको उद्धार गरि उपचारका लागि खुर्कोट पठाइएको स्थानिय राधिका कुवँरले जानकारी दिइन् ।

बस आफैँ अनियत्रित भई भित्तामा गएर ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : ५३ बजे