१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई


२८ फाल्गुन २०७९, आइतबार  

0
Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को हाल सम्मको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सकिएको छ । गाउँपालिका भित्रको ९वटै वडामा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सम्पन्न गरि आइतबार गाउँपालिकाको सम्पन्न गरिएको हो ।

गाउँपालिका प्रबक्ता भोजराज कार्कीका अनुसार सबै वडाले आ–आफ्नो वडामा भएगरेको कार्य सुनुवाइ गरेका छन् भने गाउँपालिकामा आज गरिएको हो । गाउँपालि भित्र भएका बिकासे योजना तथा बजेटको अवस्था लगायतको बारेमा जानकारी गराइएको छ । उक्त कार्यप्रगतिको विषयमा उपस्थिति नागरिकले जिज्ञासा राखेका थिए भने पालिका अध्यक्ष असिम राईले र सविता राईले त्यसको जवाफ दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले विस्तार गरेको विद्युत र बर्खुघाट पुलको विषयमा ध्यानकषर्ण गर्नुपर्ने आम नागरिकको माग रहेको छ । विद्युत प्राधिरणले मिटर बक्स प्रदान गरेको भएपनि विद्युत लाइन जोड्ने कार्य नगरिदिदा अनाआवश्यक महशुल तिर्नुपरिरहेको नागरिकको गुनासो छ ।

हालसम्म सञ्चालन भएको अन्य योजना भने पारदर्शीरुपमा अगाडी बढीरहेकाले सन्तोषजनक रहेको नागरिकको भनाई छ । यसैगरि विकास निर्माणलाई अगाडी बढाइदिन समेत उनीहरुले सुझाव दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : १५ बजे