१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

बहुविवाह गर्ने महाकुलुङका टिकारामलाई १ वर्ष कैद


२८ फाल्गुन २०७९, आइतबार  

12
Shares

सोलुखुम्बु प्रहरीले फरार एक प्रतिवादी पक्राउ गरि कारागार चलान गरिएको छ ।

बहुविवाह मुद्धामा फरार रहेका महाकुलुङ गाउँपालिका २ का ३८ वर्षिय टिकाराम कुलुङ भन्ने टिकाराम राईलाई लुकीछिपी बसेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ ।

बुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कानूनी कारवाहीको लागि जिल्ला अदालत सल्लेरी सोलुखुम्बुमा दाखिला गरिएको थियो । उनलाई १ वर्ष कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ०४ बजे