२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

गठबन्धनप्रति ओलीको टिप्पणी- महिलाका हक हरण गर्न लागेका १० टाउके रावण


३० फाल्गुन २०७९, मंगलबार  

0
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्। 

उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रूपमा चित्रित गरे। उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिने दाबी गरे।

सत्तागठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए। 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए। 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ६ : ४३ बजे