सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमककी विनामाया राईको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको लागि अपिल गरिएको छ ।
दुवै मृगौला फेल भएकी उनको उपचारका लागि आर्थिक अभाव देखिएकाले सहयोगको याचना गरिएको विनामायाका दाई अविराज राईले जानकारी दिए । विनामायाको काठमाडौं स्थित टिचिङ अस्पतालमा नियमित हेमोडाइलासिस गरिराखिएको छ ।
उनी ३ बर्षदेखि मृगौलाको समस्याबाट ग्रसित छिन् । उनले भनिन्, ‘बाँच्ने आशा छ । घरको आर्थिक अवस्थाले उपचार संभव देखिन । चिनेको साथीहरुलाई गुहारेर पाएको सहयोगले उपचार धानिरहेको छु ।’
विनामायाको उपचारमा सहयोग गर्न चाहनेले उनको दाई अविराज राईको मोबाइल नं ९८६३८४४१०५ मा सम्पर्क राख्न सक्नेछन् ।