१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

विद्यार्थीलाई प्रोत्साहन गर्न १ लाख दिने थुलुङ दुधकोशीको निर्णय



सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को एस.ई.ई.परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ

बुधबार बसेको गाउँपालिकाको अध्यक्ष स्तरिय बैठकले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भई ४ जि.पि. ए. ल्याउनेलाई १ लाख तथा ३.६ देखि ४ जिपिए सम्म ल्याउने प्रति विद्यार्थीलाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

विद्यार्थीहरुको मनोबल बुद्धि गर्दै शैक्षिक गुणस्तर बुद्धि होस् भन्ने उदेश्यले उच्च अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिका अध्यक्ष असिम राइले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : ०० बजे