४ असार २०८२, बुधबार | Wed Jun 18 2025

कुन्साङ्गलाई मिरुना फकाउन सकस



अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत रहेको छ।

रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल/ कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन्। ‘मखमली’ ले पनि त्यस्तै भाव बोकेको छ। प्रकृति प्रेम र जीवनसङ जोडिएका शब्द आकर्षक लेखिएका छन् भने सन्तोषको सङ्गीत र अस्मिताको स्वरले गीतमा प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ्ग बोमजोन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।

मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन्। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ५५ बजे