१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

भिरबाट लडेर एक युवकको मृत्यू



भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए । मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ ।

कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ०८ बजे