सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा वाटर प्लान्ट जडान गरिएको छ । युनिसेफले १३ लाख २६ हजारको लागतमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अस्पताल परिसरमा वाटर प्लान्ट जडान गरेको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् । उनले भनिन्,‘पहिला धारबाट आउने पानी सिधै पिउनुपर्ने बाध्यता थियो अब भने शुद्धिकरण पछि बिरामीको वार्डमा रहेको धारा तथा जारमा पानी पुग्ने गरेको छ । यसले बिरामीलाई फाईदा त हुने नै भयो, बिरामीले बाहिर बोतलको पानी किन्नु पर्दैन भन्ने सन्देश दिएको छ ।’
वाटर प्लान्टबाट प्रतिघण्टा ५ सय लिटर पानी शुद्धिकरण हुने गरेको छ । २४ घण्टामा १२ हजार लिटर पानी प्रशोधन हुन्छ । अस्पताल भित्र बिरामीले अब शुद्ध पानीको प्रयोग गर्नेछन् । अस्पतालका बेडहरुमा जारबाट ठाउँ ठाउँ पानी राखिएको छ । बिरामीले सजिलै उक्त पानी प्रयोग गर्ने व्यवस्था मिलाईएको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट, आगालागी नियन्त्रक लगायतका अत्यावश्यकिय बस्तु जडान भईसकेका छन् ।