सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको जनसंख्या १ हजार भन्दा बढीले घटेको छ । वि.स. २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा १ हजार ३५ ले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार २०६८ मा जिल्लामा ५१ हजार २ सय पुरुष र ५४ हजार ६ सय ८६ महिला गरी कुल जनसंख्या १ लाख ५ हजार ८ सय ८६ थियो भने २०७८ सालमा घटेर ५२ ७ सय ४७ पुरुष र ५२ हजार १ सय ४ महिला गरी कुल जनसंख्या १ लाख ४ हजार ८ सय ५१ मा झरेको छ ।
जिल्लाको ८ स्थानीय तह मध्ये सबै भन्दा बढी जननसंख्या सोलुदुधकुण्ड नगरपालिकामा ७ हजार ७ सय ४४ परिवार रहेका छन् भने सबै भन्दा कम लिखुपिके गाउँपालिकामा १ हजार २ सय ५१ रहेको तथ्यांकमा उल्लेख छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकाको ४ हजार ६ सय २४, नेचासल्यान गाउँपालिकाको २ हजार ७ सय ८३, सोताङ गाउँपालिकाको २ हजार २ सय ९६, महाकुलुङ गाउँपालिकाको २ हजार ९ सय १२, माप्यदुधकोशी गाउँपालिकाको ३ हजार १ सय ४० र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको २ हजार ४ सय ८९ परिवार रहेको विभागका जनगणना शाखा अधिकृत दिननाथ लम्सालले बताए ।