३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

माप्य दुधकोशीमा शैक्षिक योजना निर्माण कार्यशाला सुरु



सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा तीन दिने शैक्षिक योजना निर्माण कार्यशाला सुरु भएको छ । पालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा बुधबारबाट कार्यशाला सुरु भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शैक्षिक गुणस्तर सुधारका लागी योजना बनाएरै अघि बढ्ने विषय सुखद भएको भन्दै सहजीकरणका लागि रीड नेपाललाई धन्यवाद दिए ।

कार्यशालामा निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु गरी ४५ जना सहभागीता रहेको थियो ।

कार्यशालाको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव निरा शाक्य र रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरिरहेका छन् । रीड नेपालले यसअघि खुम्बु पासाङ गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा कार्यक्रम सम्पन्न गरी सकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ३१ बजे