७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

नयाँ बर्ष, नयाँ योजना : शैक्षिक उन्नयनका लागि टाक्सिन्दुमा हुदैछ कन्सर्ट


१ बैशाख २०८०, शुक्रबार  

606
Shares

काठमाडौं । नयाँ बर्ष २०८० को सुरुवातकै दिन विभिन्न क्षेत्रमा क्रियाशिल सोलुखुम्बु टाक्सिन्दुका व्यक्तिहरुको भेलाले शैक्षिक उन्नयनका लागि कन्सर्टको आयोजना गर्ने तयारी थालेको छ ।

टाक्सिन्दु मा.वि.को आयोजनामा हुने सांगीतिक कार्यक्रमको नेतृत्व गायक आङगेलु शेर्पाले गर्नेछन् । शेर्पाको नेतृत्वमा वैशाख ३० गते विद्यालय परिसर नुनथलामा हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।

सोही कार्यक्रमको व्यवस्थापनका लागि धन बहादुर राईको संयोजकत्वमा सल्लाहकार समिति र कर्मा शेर्पाको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न भेलाले छोङबा लामा शेर्पाको अध्यक्षतामा टाक्सिन्दु मा.वि. भूपू विद्यार्थी मञ्च गठन गरिएको छ । सो समितिले शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापनार्थ एक करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

सोही अभियान अन्तरगत भेलाकै दिन ५ लाख भन्दा बढि सहयोग संकलन भइसकेको पर्यटन व्यवसायी कर्मा शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : ३५ बजे