काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ पोखरेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय नमूना माध्यमिक विद्यालय विकास कार्यक्रममा छनौट भएको छ ।
कोशी प्रदेशले आब्हान गरेको प्रस्ताव अनुसार मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नमूना माध्यमिक विद्यालय नभएका स्थानीय तहमा साझेदारीमा सञ्चालन हुने नमूना माध्यमिक विद्यालय विकास कार्यक्रममा सरस्वती मावि छनौट भएको हो ।
कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारबाट वित्तीय समानिकरण अन्तरगत ४२ लाख ५० हजार बजेट प्राप्त गर्नेछ । विद्यालयले २५ प्रतिशत बजेट साझेदारी गर्नुपर्ने छ भने आगामी असार १५ भित्र कार्य सम्पन्न गरि प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान तय गरिएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले पालिकाको शैक्षिक उन्नयनमा टेवा पुग्ने चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले प्रतिक्रिया दिए ।