काठमाडौं । निवर्तमान सांसद हेम कुमार राई ‘शुरवीर’ले प्रधानमन्त्रीलाई भेटेर सोलुखुम्बुका २१ ठूला योजनाका सूची बुझाएका छन् ।
नेकपा माओवादी केन्द्रका सोलुखुम्बु इन्चार्ज समेत रहेका शुरवीरले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भौतिक पूर्वाधार, विद्युत, कृषि, पर्यटन, यातायात, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सिँचाई, सुरक्षा लगायतका विषयका २१ वटा योजनाको लागि आगामी आर्थिक बर्ष २०८०–८१ को बजेटमा समाबेश गरिदिन माग राखेका छन् ।
भेटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिव बहादुर बस्नेत ‘राजेन्द्र’ लगायतको टोली सहभागी थिए ।
यस्ता छन् माग गरिएका योजनाहरु