१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

आङ गेलु शेर्पा ‘मेरो प्रयास’सांगीतिक कार्यक्रममा अन्य आधा दर्जन कलाकर्मी टाक्सिन्दु आउने



सोलुखुम्बु । सोलुखुम्बुको टाक्सिन्दुको नुनथलामा हुने आङ गेलु शेर्पा ‘मेरो प्रयास’सांगीतिक कार्यक्रममा अन्य आधा दर्जन कलाकर्मी टाक्सिन्दु आउने भएका छन् ।

टाक्सिन्दु माविको आर्थिक सहयोगार्थ वैशाख ३० गते हुन लागेको सांगीतिक कार्यक्रममा गायक आङ गेलु शेर्पाका अलवा गायक रोज मोक्तान, बिसन मुकारुङ, निमा गेलु लामा (पापा छेउ) गायिका मिना राई, हाँस्यकलाकार उमेश राई (फूलन्देकी आमा) र डिजे तेन्जिङ नुनथला आउने भएका हुन् ।

साथमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने प्रचार संयोजक कर्मा शेर्पाले जानकारी दिए । टाक्सिन्दु माविमा प्लस टु सञ्चालनका लागि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित सोलुखुम्बुका शैक्षिक सरोकारवालाहरुलाई भेट्ने कामलाई तिब्रता दिइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ५९ बजे