१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

माप्य र थुलुङ दुधकोशीका शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्श तालिम सुरु


१९ बैशाख २०८०, मंगलबार  

98
Shares

साेलुखुम्बु। रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा ३ दिने विद्यालय शिक्षकहरुका लागि मनोसामाजिक मनोविमर्श तालिम सुरु भएको छ ।

गाउँपालिकाको सभाहलमा आजदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षक मानसिक रुपमा स्वस्थ हुनुपर्ने बताए । बालबालिकाको मनोभावना बुझेर शिक्षकहरुले शिक्षण गर्नुपर्ने भएकोले यो तालिम महत्त्वपूर्ण रहेको बताए । शिक्षा क्षेत्र आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउदै सम्पूर्ण शिक्षकलाई सिकेका सिप विद्यालयमा लागू गर्न र आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले विद्यालय पनि समाजकै पाटो भएकोले मनोसामाजिक परामर्श विद्यालयमा अति आवश्यक रहेको बताउदै तालिम आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिए ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा सुरु तालिममा १५ विद्यालयका १५ जना जेन्डर फोकल शिक्षक र २ जना स्थानीय स्रोत शिक्षकको उपस्थिति रहेको छ । कार्यक्रमको सहजीकरण स्वेता अधिकारी, सम्वृद्धि लामिछाने, रमण विष्ट र किरण खड्काले गरिरहेका छन् ।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकामा सुरु तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष गौरव राईले गरे । उनले तालिम महत्त्वपूर्ण र आवश्यक भएको बताए । सिकेका कुरा व्यवहारमा उतार्न आग्रहसमेत गरे । निमित्त प्रशासकिय अधिकृत जितेन्द्र यादव, शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।

तालिममा स्थानीय स्रोत शिक्षकहरु सहित २२ जनाको उपस्थिति रहेको छ । आस्था खनाल, एलिष्टा सुवेदी र सचिन भट्टले तालिमको सहजीकरण गरिरहेका छन् । यसअघि सोलुदुधकुण्ड नगरपालिकामा सोही प्रकृतिको तालिम सम्पन्न गरिसकेको रीड नेपालले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ०० बजे