सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्रका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम जारी छ ।
सोमबार बासास्थित हिमालय माविमा सञ्चालित तालिम आज पनि चल्नेछ । तालिममा रीड नेपालले काम गर्दै आएको २० विद्यालयका ५४ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले सिकेका कुरा विद्यालय व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले विद्यालयको अभिन्न अङगको रूपमा विव्यस र शिअसंघ रहने भएकाले गुणस्तरीय शिक्षा रराम्रो विद्यालय निर्माण गर्नको अपेक्षासहित तालिको आयोजना गरिएको बताए ।
तालिममा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम, कर्तव्य र अधिकार , विद्यमान शैक्षिक नीतिनियम, नेतृत्व विकास, बालमैत्री विद्यालय, विद्यालयको वर्तमान अवस्था र आगामी दिनमा समितिको भुमिका, लैङ्गकिक्ता समावेसी शिक्षा लगायतका विषय समेटिने छ ।
तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास सयोजक केशव गिरी , शिक्षा विकास अधिकृत सुजता राई र विश्नु प्रसाद उपाध्यायले गरिरहेका छन् ।