१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सोलुखुम्बुमा शिक्षकको पेशागत विकास सम्बन्धी तालिम सुरु


२६ जेष्ठ २०८०, शुक्रबार  

32
Shares

सोलुखुम्बु – शिक्षकको पेशागत विकास सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र सोलुखुम्बुका स्थानीय तहहरुको समन्वयमा आधारभूत तह गणित विषयको दोस्रो चरणको पेसागत विकास तालिम सुरु भएको हो । जजा माविमा भएको एक कार्यक्रमका बिच सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले तालिमको उद्घाटन गरिन् । तालिमको उद्घाटन गर्दै उपमेयर तामाङले सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्न आग्रह गरिन् ।


तलिम उद्घाटन कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सुनसरीमा लिनु पर्ने तालिम शिक्षा तालिम केन्द्र सुनसरीसंग समन्वय गरेर जिल्लामै संचालन गरेकोले तालिमको नियमलाई पूर्ण रुपमा पालना गर्न अनुरोध गरे । तालिममा नियमित सक्रिय हुनका साथै तालिम पश्चात ५२ दिन भित्र गर्नुपर्ने स्वअध्ययन खण्ड अन्तर्गतका सबै कामहरु समयमा नै गर्न अग्रह गरे ।
१० दिन प्रत्यक्ष रुपमा तालिम लिए पश्चात विद्यालयमा गएर ५ दिन बराबर स्वअध्ययन खण्डमा गरिने कार्यहरु पाठयोजना निर्माण गरी शिक्षण, समस्या विश्लेषण, परियोजना कार्य, कार्यमूलक अनसन्धान लगाएतका कामहरु गर्नुपर्ने छ । तालिममा सोलुखुम्बुका २७ जना शिक्षकहरुको सहभागिता रहेको छ । अघिल्लो वर्ष पहिलो चरणको तालिम संचालन गरिसकेको रीड नेपालले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : ३९ बजे