७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

थुलुङ दुधकोशी गाउँपालिका ७ मा प्लाष्टिक प्याकिङ मदिरा बिक्रि वितरणमा रोक


२६ जेष्ठ २०८०, शुक्रबार  

24
Shares

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा प्लाष्टिक प्याकिङ मदिरापान बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । वडाध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा वडा भित्रका टोल विकास संस्थाका पदाधिकारी बीच बिहिबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

बजारमा सस्तो मुल्यको मदिरा उपलब्ध हुनथालेपछि गाउँघरमा विभिन्न घटनामा वृद्धि भएकाले बिक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए । एपल, करोडपति, गोल्डेनवर्क र करिणा लगायतको प्लाष्टिक प्याकिङ मदिरा सस्तो मूल्यमा पाउनुका साथै अल्कोहलको मात्रा समेत बढी हुने गरेको उनको भनाई छ । यस्तै सोही बैठकले राती ७ः३० बजे देखि अनाआवश्यक हिड्डुल गर्न नपाउने र राती ८ बजे पछि होटल पसल पुर्णरुपमा बन्द गर्नुपर्ने निर्णय समेत गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

टोल बिकास संस्था मार्फत पहिलो चरणमा सूचना जारी गरि सबैलाई सचेत गराउने यदि सूचनाको बेवास्ता गरेमा १० हजार जारिवाना देखि स्थानीय सरकारको सेवा सुविधामा समेत रोक लगाउने सम्मको निर्णय गरिएको बताइएको छ । निर्णय कार्यन्वयन गर्नको लागि हरेक टोलमा स्वयम्सेवी सुरक्षा दस्ता र अनुगमन समिति गठन गरी हरेक समय गस्ती गरिने वडा अध्यक्ष कार्कीले बबताए ।

हालसम्म भए गरेका योजनाको समिक्षा तथा आगामी योजनाको विषयमा छलफल गरेको छ । वडा अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा बसेको बैठकले वडा भित्रका टोल विकास संस्थाका अध्यक्ष तथा सचिव बीच उक्त छलफल गरेको हो ।

यसैबीच, सोही बैठकमा हालसम्म वडा भित्र सञ्चालित योजनाको विषयमा समेत समिक्षा गरिएको छ । एक वर्षमा वडाभित्र तीस वटा योजना सञ्चालन भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : ५० बजे