२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

खानिभञ्ज्याङ प्रहरी चौकीको भवन उद्घाटन


३२ जेष्ठ २०८०, बिहिबार  

100
Shares

ओखलढुंगाको चिशंखुगढि गाउपालिका खानिभञ्ज्याङ स्थित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बिचकोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी उद्घाटन गरका हुन् ।
प्रहरी नायव महानिरिक्षक बास्तोलाले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गरे ।

सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारबाही गर्न प्रेरणा मिलेको र सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले जग्गा दाता स्थानीय देव कुमारी थापालाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

भौतिक पुर्वाधार मन्त्रालयबाट बिनियोजित १ करोड ७३ लाख ३५ हजार ४२२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, चिशंखुगढि गाउँपालिकका अध्यक्ष निशान्त शर्मा, उपाध्यक्ष सन्तोषबाबु थापा, निर्माण ब्यबसायीहरु, संचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : ४५ बजे