१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

फुदोर्जी शेर्पाले पाए सोलु कांग्रेस प्रशिक्षण प्रमुखको जिम्मेवारी



सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको प्रशिक्षण प्रमुखको जिम्मेवारी पार्टी उप–सभापति फुदोर्जी शेर्पालाई प्रदान गरिएको छ ।

कांग्रेसका जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले आईतबार पार्टीका जिल्ला उपसभापति शेर्पालाई प्रशिक्षण प्रमुखको जिम्मेवारी प्रदान गरेका हुन् ।

नेपाली कांग्रेसको नियमावली २०७६ को दफा ३३ को उपदफा ३ बमोजिम गठन हुने जिल्ला प्रशिक्षण शाखाको प्रमुखमा जिल्ला सभापतिले तोकेको जिल्ला कार्यसमितिको उप–सभापति हुने व्यवस्था छ ।

पार्टीको केन्द्रीय सर्कुलर बमोजिम प्रशिक्षित गर्ने र पार्टीलाई थप मजबुत बनाउने कार्यमा सकृयताका साथ लाग्ने प्रशिक्षण प्रमुख एवं पार्टी उप–सभापति फुदोर्जी शेर्पाले बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३६ बजे