२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

सोताङका ४७ जना विव्यस र शिअसंघका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम



सोलुखुम्बु । रीड नेपालको आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिकाको सहकार्य तथा समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीका लागि २ दिने क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ ।

सोताङमा सुरु तालिमको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले उद्घाटन गरे । अध्यक्ष बस्नेतले तालिमबाट सिकेका कुराहरुलाई विद्यालयमा लागु गर्न आग्रह गरे । उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम पश्चात विद्यालयमा सुधार आउने विश्वास व्यक्त गरिन् ।

रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले विद्यालयको गुणस्तर सुधारमा व्यवस्थापन समिति र शिक्षक अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले तालिमको आयोजना गरिएको बताए ।

तलिममा सोताङका २० विद्यालयका ४७ जना पदाधिकारीको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतम र स्थानीय स्रोत शिक्षक बासु राईले गरिरहेका छन् ।

यसअघि रीड नेपालले खुम्बु पासाङल्हमु गाउँपालिका बाहेकका ७ स्थानीय तहमा सोही प्रकृतिको तालिम सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : २६ बजे