१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

चिशंखुगढीका १५१ विद्यार्थीलाई छात्रवृत्ति



ओखलढुंगा । चिशंखुगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अति बिपन्न, जेहेन्दार १२८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक धारतर्फका २३ जना विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ ।

सामुदायिक विद्यालयका साधारण धारका ८ वटै वडाका १६–१६ जना अति बिपन्नमा परिवारका विद्यार्थी छनोट गरिएको थियो । उनीहरुलाई जनही ५ हजार उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी प्राविधिक धारमा अध्ययनरत २३ जना विद्यार्थीलाई जनही ४३ हजार छात्रवृत्ति रकम उपलब्ध गराइएको छ ।

वडामै पुगेर पालिका अध्यक्ष निशान्त शर्मा, वडा अध्यक्ष र शिक्षा शाखाका कर्मचारीको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको छ भने अन्य वडामा क्रमश वितरण गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : २७ बजे