सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा १ बुङ र वडा नं ४ गुदेल जोडने बेलिब्रिजको शिलान्यास गरिएको छ ।
विहीबार एक कार्यक्रमका बिच २ करोड ५८ लाखको लागतमा ढिलोमा एक वर्षमा निर्माण हुने बेलिब्रिजको गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङले शिलान्यास गरेका हुन् । माछापुच्छ्रे ईन्जिनियरिङ प्रा.लि.ले निर्माणको जिम्मा पाएको छ ।
बेलिब्रिज बनेपछि नेपालको पुर्व र पश्चिम क्षेत्रको सडक सञ्जाललाई जोड्ने अध्यक्ष कुलुङको भनाई छ । पालिका भित्रकै नागरिकलाई पनि पालिका आवजावतमा बाह्रै महिना सहज हुने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा पनि पालिका भित्रको गौरबको आयोजना लक्षित बजेट विनियोजन गरेको उनले बताए ।
यसअघि वडा नम्बर १ र २ जोडने गरि भुवा खोलामा समेत आरसिसि पुलको शिलान्यास गरिएका छ । करिब ३ करोडको लागतमा निर्माण हुने पुलले वडा नं १, २ र ३ का नागरिकलाई सहजता थप्नेछ ।
अध्यक्ष कुलुङले आफ्नो कार्यकालमा विभिन्न भूगोल जोड्ने गरी ६ वटा मोटरेबल पुल बनाउने योजना सुनाए ।