२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

हलेसीले कृषकलाई दियो बोयर बोका र बाख्रा


१५ असार २०८०, शुक्रबार  

22
Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४३ वटा बोका र बाख्रा वितरण गरेको छ ।

कृषकको आम्दानी बृद्धि गर्नका लागि पशुपालन सम्बन्धि नश्लसुधार कार्यक्रम अन्तरगत जम्मा ४३ वटा बोयर जातको बोका र बाख्रा कृषकलाई वितरण गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिईन ।

वैदेशिक रोजगारमा गएको परिवार, स्वास्थ्यको अवस्था कम्जोर भएको परिवार, कृषि तथा पशु समुह, कृषि तथा पशुफर्म, कृषकको हकमा १५ माउ भन्दा बढी बाख्रा भएको कृषकलाई वितरण गरिएको मेयर राईको भनाई छ ।


बाहुनीडाडामा ८, डिकुवा ४, च्यास्मीटारमा ३, बडहरेमा ३, दुर्छिममा ७, मंगलटारमा ३, महादेबस्थानमा २, धितुङमा ४, अर्खौलेमा ४, राजापानीमा ५ वटा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४१ बजे