सोलुखुम्बुमा एक जिल्ला वन क्षेत्र समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा गान्धिमाया तामाङ, सिता अधिकारी, भुमिराज उपाध्यय छन् ।
यस्तै मनोनित सदस्यमा वीरबहादुर राई, धर्म बहादुर राई, सरिता राई, निरकुमार शर्मा कटेल, टंकीमाया बस्नेत, कमल प्रसाद निरौला, रामजी शाह रहेको डिभिजन बन कार्यालय सोलुखुम्ुबले जनाएको छ ।
जिल्लामा रहेका वन सा्ेत, जैविक विधिता र प्राकृतिक वातावरण संरक्षण, व्यवस्थापन तथा दीगो उपयोगका साथै विकास र वातावारण बीच सन्तुलन कायम राख्ने काममा सहजिकरण तथा समन्वय गर्न नियमावलीमा तोकिए बमोजिम समिति गठन गरिएको डिभिजन बन कार्यालय सोलुखुम्बुका लेखापाल भिष्मराज जोशीले जानकारी दिए ।