२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

मृग चोरी सिकारी मुद्धाका तामाङलाई पक्राउ गर्न केन्द्रिय ब्युरोलाई आग्रह गरिने



सोलुखुम्बु जिल्ला स्तरिय बन्यजन्यन्तु अपराध नियन्त्रण ब्युरो सोलुखुम्बुको बैठकले मृग चोरी सिकारी मुद्धाका प्रतिवादी पक्राउ गर्नका लागि केन्द्रिय बन्यजन्तु अपराध नियन्त्रण ब्युरो समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।


सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययको अध्यक्षतामा बसेको ब्युरोको बैठकले सो निर्णय गरेको हो ।
निकुञ्जको टोलीले गस्तिको क्रममा गत जेठ ९ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ क्षेत्रमा कस्तुरि मृग पासो सहित फेला परेको थियो । सोही मृग सहित फेला परेका नुवाकोट गाउँपालिका १ भाल्चेका ५५ वर्षिय दावा घले र उनकी श्रीमती माँया तामाङलाई पक्राउ गरिएको थियो ।


उनिहरुले दिएको बयानअनुसार नुवाकोटको शिखरबेसी भन्ने ठाउँमा बस्ने चतुरमानतामाङलाई पक्राउ गर्नका लागि सहयोग गर्न केन्द्रिय बन्यजन्तु अपराध नियन्त्रण ब्युरोलाई अनुरोध गर्ने निर्णय गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका संरक्षण अधिकृत उपाध्ययले जानकारी दिए ।
बैठकमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यय, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, सरकारी वकिल कार्यालयका जिल्ला न्यायिधिवक्ता बुद्दिलाल श्रेष्ठ, प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, दुर्गा बक्स गण सुरक्षा गुल्मका सेनानी कुल्दिप कुँवर, सशस्त्र प्रहरिका प्रनाउ बिरेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान कार्यालय सोलुखुम्बुका प्रमख सुवास बाबु भट्टराई, निमित्त डिभिजन वन अधिकृत रामजी शाह, सहायक जिल्ला न्याधिवक्ता सन्जिव गौतम लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ३८ बजे