सोलुखुम्बु । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार नेपाली कांग्रेस सोलुखुम्बुले बिशेष आन्तरिक अभियान संचालन गर्न बृहत बैठक आब्हान गरिएकाे छ ।
केन्द्रीय कमिटीको निर्णय अनुसार ‘आन्तरिक विशेष अभियान’अन्तरगत साउन २७ गते शनिबारका लागि बैठक आब्हान गरिएको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
बैठकमा अभियानका लागि केन्द्रीय प्रतिनिधि शुशिला ढकाल आचार्यको प्रमुख अतिथ्यता रहनेछ भने केन्द्रीय सदस्य द्वय बलबहादुर केसी र आङगेलु शेर्पासहित जिल्ला कार्यसमितिका पदाधिकाी, सदस्यहरु, महाधिबेशन प्रतिनिधि, प्रदेश सभापति तथा प्रतिनिधि, पालिका सभापति, वडा सभापति, कांग्रेसबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष, भ्रातृ संगठनका प्रमुख तथा जिल्लाबाट मनोनित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
बैठकले जिल्लामा पार्टी संगठन शुदृढिकरणको लागि विभिन्न योजना तय गर्नेछ ।