सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक शव वहान सञ्चालनमा ल्याउने भएको छ ।
जिल्लामै शव वहान नहुँदा सर्वसाधाणले भोग्नु परेको सास्तीलाई ध्यानमा राख्दै नगरपालिकाले नगर मातहतमा सञ्चालित ४ वटा एम्बुलेन्समध्ये एक एम्बुलेन्सलाई शव वाहनको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले जिल्लामै पहिलो पटक शव वाहन सञ्चालन गर्ने निर्णय गरेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
बैठकले पशुचौपायमा लाग्ने लम्पी स्कीन रोग नियन्त्रणका लागि खोप र औषधीको थप व्यवस्था गर्ने निर्णय समेत गरेको छ । नगरले हालसम्म ७ हजार १० वटा पशुचौपायमा लम्पी स्कीनविरुद्धको खोप लगाइसकेको छ भने नगर भित्र ६०६ पशुमा रोग लागेको र २२ पशु मरेका छन् ।
बैठकले जनैपूर्णिमाको अवसरमा वडा नं १ स्थित ुधकुण्ड मन्दिरमा लाग्ने मेला व्यवस्थापनका लागि शान्ति सुरक्षा, स्वास्थ्इ शिविर लगायतको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको मेयर शेर्पाले जानकारी दिए ।
बैठकमा गत आर्थिक वर्षमा भएका निर्णय र कार्यान्वयनको अवस्थाबारे समिक्षा समेत गरिएको छ । गत वर्ष ११ वटा बैठकबाट गरिएको १७२ निर्णयमध्ये १६३ निर्णय कार्यान्वयन गरिएको र बाँकी ९ वटा निर्णय कार्यान्वयनकै क्रममा रहेको नगरले जनाएको छ ।
लम्पी स्कीनविरुद्धको खोपकाे विवरण