१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेचामा भदौ २२ मा निशुल्क दन्त शिविर हुने



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा निशुल्क दन्त शिविर हुने भएको छ । विपि विचार राष्ट्रिय समाज सोलुखुम्बुको आयोजना तथा ओम डेण्टल समाज चावहिलको संयुंक्त आयोजनामा हिमाल दर्शन मावि नेचामा भदौ २२ गते निशुल्क शिविर गर्न लागिएको हो ।

शिविरमा दाँत उखाल्ने, दाँत सफा गर्ने, औषधि वितरण तथा दाँत परिक्षण गरि आवश्यकता अनुसार थप उपचारका लागि रिफर गर्ने विपि विचार राष्ट्रिय समाज सोलुखुम्बुका अध्यक्ष चन्द्र आचार्यले जानकारी दिए । गाउँघरमा रहेका दाँतका रोगिलाई लक्षित गरि यो शिविर सञ्चालन गर्न लागिएको उनले बताए ।

उनका अनुसार नेचासल्यान पालिका भित्र मात्रै हैन बाहिरका नागरिकले पनि यो शिविरको लाभ लिन सक्ने छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : २५ बजे