१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

क्यान्सर पीडित बास्तोलालाई साढे सात लाख रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण



काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की मनिषा बास्तोला घाँटीको क्यान्सरसँग लडिरहेकी छिन् ।

पाटन अस्पतालमा उपचाररत उनलाई आइतबार साढे सात लाख रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उपचार खर्चको अभाव झेलिरहेकी २० वर्षीया बास्तोलालाई स्थानीय युवाहरू द्रोण बास्तोला र बाबुराम आचार्यले रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् ।

विभिन्न व्यक्ति र सङ्घ–संस्थामार्फत सङ्कलन गरेको सात लाख ६५ हजार छ सय ६१ रुपैयाँ हस्तान्तरण गरेको रकम सङ्कलनकर्ता बाबुराम आचार्यले जानकारी दिए ।

रकम पाएपछि क्यान्सर पीडित मनिषा बास्तोलाले अब पैसाको अभावमा आफ्नो उपचार नरोकिने भन्दै सहयोगीहरूलाई धन्यवाद दिएकी छिन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ३७ बजे