२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

पार्वतीले ल्याईन उत्कृष्ट जिपिए



साधारण धार तर्फ सोलुखुम्बु पन्चनकी पार्वती कार्कीले सबैभन्दा उत्कृष्ट जिपिए प्राप्त गरेकी छिन् ।


राष्ट्रिय परीक्षा बोर्डले २०८० वैशाखमा लिएको कक्षा १२ को परीक्षामा थुलुङ दुधकोशी–३, कालिका देवी मावि पञ्चनबाट सहभागी छात्रा पार्वती कार्कीले ३.३५ जि. पि. ए. प्राप्त गरी साधारण धार(शिक्षा तथा मानविकी समूहतर्फ) सोलुखुम्बु जिल्ला कै सर्वाेत्कृष्ट भएकी हुन् । ।

विद्यालयबाट सहभागी २५ विद्यार्थी मध्ये ३.२ देखि ३.६ जिपिएसम्म ५ जना र २.८ देखि ३.२ जिपिएसम्म १७ जना विद्यार्थी सफल गराउँदै औसत जिपिए २.८ सहित विद्यालय थुलुङ दुधकोशी गाउँपालिकामा प्रथम भएका प्रधानाध्यापक विष्णु ढुंगेलले जानकारी दिए । यस अघि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईमा पनि विद्यालय गाउँपालिका प्रथम भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : १३ बजे