सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले पशुचौपायमा देखा परेको लम्पिस्कीन रोग नियन्त्रणमा आएको दाबी गरेको छ ।
मंगलबार विज्ञप्ती जारी गर्दै नगरले कृषकले पालेको पशुचौपायमा देखा परेको रोग नियन्त्रणमा आएको जनाएको हो । नगरले ८ हजार ४८५ वटा चौपायलाई लम्पिस्कीन रोगविरुद्धको खोप लगाएको र ७२० संक्रमित पशुको उपचार गरिएको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । लम्पिस्कीन रोगबाट नगर भित्रका ३४ पशुको मृत्यू भएको विज्ञप्तीमा उल्लेख छ ।
गत जेठ देखि पशुहरुमा देखा परेको रोग नियन्त्रणका लागि आवश्यक स्रोत र जनशक्ति परिचालन गरि कृषकको गोठसम्म पुगेर निशुल्क खोप र औषधी वितरणपछि रोग नियन्त्रणमा आएको नगरको दाबी छ । साथै नगरले रोग नियन्त्रणमा खट्ने जनप्रतिनिधि, पशु स्वास्थ्य प्राविधिक र कृषकलाई धन्यवाद समेत दिएको छ ।
विज्ञप्ती हेर्नुहोस्