१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेपाल महिला संघ नेचासल्यानको अध्यक्षमा सीता फुयल



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सीता फुंयल नेतृत्वको नेपाल महिला संघ, नेचासल्यान पालिका कार्यसमिति गठन गरिएको छ । एक कार्यक्रमका बिच नेपाली काँग्रेस सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको उपस्थितीमा फुयलको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रुपा नेवार, सचीवमा पवित्रा दाहाल, कोषाध्यक्षमा अनिता राईलाई चयन गरिएको छ । सदस्यहरुमा जयन्ती राई, सुनिता बिक, कुमारी नेवार, सोमल्हमु शेर्पा, गोमा श्रेष्ठ, रासमाया राई, देबिका भुजेल, सुनिता बिसंखे र खिना कटेल घिमिरे रहेका छन् ।

कार्यक्रममा जिल्ला सभापति शेर्पा तथा नेचा चन्द्र आचार्यले महिला संघको अगुवाइमा आम दिदीबहिनीको आर्थिक, सामाजिक र राजनीतिक बिकाशमा टेवा पुग्ने कार्यक्रम संचालन गर्नुपर्ने धारण व्यक्त गरेका थिए । कार्यक्रममा काँग्रेस नेतृ गान्धिमाया तामाङ कांग्रेस नेता चन्द्र आचार्य, ने बसंघ सह सचीव लक्ष्मण कटेल, तरुण नेता ध्रुव शर्मा, तरुण दल नेचासल्यान अध्यक्ष शम्भु कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ५८ बजे