११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

नेचासल्यान बास्तोला समाजको अध्यक्षमा इन्द्र बास्तोला, दुई पीडितलाई सहयोग प्रदान



काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट काठमाडौं आएर बसोबास गर्ने बास्तोला बन्धुहरुको भेलाले नेचासल्यान बास्तोला समाज गठन गरेको छ ।

शनिबार काठमाडौंको जडिबुटीमा सम्पन्न भेलाले इन्द्र बास्तोलाको अध्यक्षतामा ११ सदस्सीय समाजको तदर्थ समिति गठन गरेको छ । बास्तोलाहरुको एकता र सामाजिक काममा अग्रसरताका लागि समाजको स्थापना गरिएको इन्द्र बास्तोलाले जनाए ।

यसैबीच, समाजले स्थापनासँगै पवित्र कार्यको सुरुवात गरेको छ । समाजले नेचासल्यान ५ का बाढी पहिरो पीडित राजन बास्तोलालाई तीन लाख ४ हजार २९१ रुपैयाँ र नेचासल्यान २ की क्यान्सर पीडित मनिषा बास्तोलालाई २१ हजार ५८० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव दिनराज बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ५८ बजे