१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

दिप्लीघाट बेलिब्रिजको अनुगमनमा पुग्यो काँग्रेस सभापति सहितको टोली



नेपाली काँग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा सहितको टोलीले दिप्लीघाट स्थित मोटरेबल बेलिब्रिजको अवलोकन गरेको छ । शनिबार बाढिले क्षतिग्रस्त बनाएको स्थलगत अनुगमनमा सभापति शेर्पा सहितको टोली पुगेको हो ।

अवलोकन पछि सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शेर्पाले पुर्ननिर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोशी पारि क्षेत्रका नागरिकको दैनिकी सहज बनाउनका लागि जसरी पनि पुर्ननिर्माण गर्नुपर्ने भएकाले सम्बन्धित स्थानीय तहका प्रमुख, प्रदेश सरकारसँग समन्वय गर्ने बताएका छन् ।

अनुगमनमा राष्टिय भुमी आयोग सोलुखुम्बुका अध्यक्ष उत्रमान राई, काँग्रेस सोलुखुम्बुका युवा नेता चन्द्र आचार्य, महिला नेतृहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ५३ बजे