सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका् ८ र सोताङ गाउँपालिका १ जोड्ने दिप्लीघाट स्थित दुधकोशी नदिमा स्थापना हुने बेलिब्रिजको डिजाइन तथा स्टिमेटको जिम्मा कार्ड कन्सल्ट प्रालिले लिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको समन्वय तथा जिल्लाको तीन गाउँपालिकाको संयुक्त पहलमा उक्त कम्पनीले काम गर्ने बताइएको छ ।
गत बिहिवार अर्थात भदौ ७ गतेको बाढिले क्षतिग्रस्त बनेको बेलिबृज पुनःनिर्माणका लागि अध्ययन गर्ने प्राविधिक टोलि भोलि शनिबार दिप्लीघाट आइपुग्ने थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
टोलीले एक हप्ताभित्र रिपोर्ट तयार गरि प्राधिकरणमा बुझाउने छ । जसको खर्च तीन गाउँपालिकाले बेहोर्ने सहमति भएको बताइएको छ । हाल त्यहा भएको ४२ मिटरको बेलिबृज र अब प्राप्त हुने ४८ मिटरको दुबैलाइ प्रयोग गर्ने गरि प्राविधिक टोलिले अध्ययन गर्ने प्रवक्ता कार्कीले बताए ।
लागत स्टामेट अनुसारको आवश्यक बजेट व्यवस्था गरि निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भैरहेको प्रवक्ता कार्कीको भनाइ छ । नेपाली सेना मार्फत काम गराउदा छिटो तथा गुणस्तरीय हुने विश्वास व्यक्त गरिन्छ ।
बेलिब्रिजमा क्षती पुगि आवगमन बन्द भएपछि स्थलगत निरीक्षणमा पुग्नुभएका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई पार्टीको विषेश अभियान नै छाडेर कोशी पारिका नागरिक र यातायात व्यवसायीले राखेको समस्या समाधानकै लागि रातारात काठमाडौ पुगेर पहल थालेको बताउँछन् ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई कै कारण प्रधानमन्त्री सङ्गको भेटघाट तथा बेलिबृज प्राप्त गर्ने देखि अहिले सम्मको काम गराउन सफल भएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङले बताए ।
यता सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले छिटो भन्दा छिटो पुल स्थापना गरि सेवा सन्चालन गर्न आफुहरु दिनरात नभनिकन लागि परेको बताए ।
पाँच दिन देखि मन्त्रालयमा दिन बिताइरहेको भन्दै थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले पुल निर्माण हुने पक्का भएकाले चाडै सिधा सवारी सन्चालन हुने गरि कार्य अघि बढ्ने बताए ।