२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

सोलुमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु



सोलुखुम्बुको विभिन्न वडामा विभिध कार्यक्रम गरि नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गरिएको छ । मंसिर १५ सम्म सञ्चालन हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको आज माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गरेका हुन् ।


कार्यक्रम उद्घाटनको अवसरमा सोलुखुम्बु जिल्लामा विभिन्न रचनात्मक कार्यको सुरुवात गरिएको छ । अहिले माओवादी केन्द्रका नेताहरु टोलबस्तीमा पुगेका छन् । कार्यक्रमको अवसरमा प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले खुम्बुपासाङ ल्हामु गाउँपालिकाका युवाहरुलाई भलिबल वितरण गर्नुका साथै शहिद परिवारलाई सम्मान तथा खाद्यन्न वितरण गरेका छन् । वर्तमान व्यवस्था ल्याउनको लागि १० वर्षे जनयुद्ध, त्यसका ायक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहित युवा तथा शहिद परिवारको भुमिका महत्वपुर्ण रहेको भन्दै संयोजक राईले इतिहासलाई भुल्न नहुने बताए ।


जिल्लाको सोताङ गाउँपालिकामा शहिद परिवार संग भेटघाट संगै सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज ठमनाथ पराजुली(ध्रुव)को नेतृत्वमा रहेको टोलीले दुधकोशी नदिमा बेलिबृजमा क्षती पुगी सवारी आवगमन बन्द भएपछि भएको मृल्य वृद्धि तथा कालोबजारीलाई नियन्त्रण गर्न सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने समेतको कार्यक्रम गरेको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिए । तीन महिने अभियानमा माओवादीलाई पुन एकपटक बास्तबीक जनता संग जोड्न सकिने माओवादी नेता शर्माको भनाई छ ।

त्यस्तै, जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटको झुलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत गर्ने गरि बाटो निर्माण कार्य सूरु गरेको छ । दुधकोशी नदिमा रहेको बेलिबृज बाढीले बगाइ सवारी आवगमन बन्द भएपछि मोटरसाइकलको लागि बैकल्पिक मार्ग निर्माण गरिने प्रदेश समिति सदस्य गणेश कुमार राईले जानकारी दिए । यस्तै, मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल देखि वीरेन्द्रदोय मा.वि. मुक्ली जाने सडक सोलिङ गरिएको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिए । पार्टी कमिटीमा आन्तरीक छलफल तथा अन्तरक्रिया देखि विकास निर्माणको कार्यमा खटिएको देखिपछि सर्वसाधरण नागरिकमा सकरात्मक सन्देश गएको माओवादीले जनाएको छ ।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पनि हिद परिवारसंग भेटघाट सहित अन्तरक्रिया गरिएको छ । अभियान सञ्चालनको लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एकचन्द्र बराल सोलुखुम्बुमा खटिनुभएको छ ।यता नेचा सल्यान गाउँपालिका भित्रका विभिन्न सडक सरसफाई तथा सामान्य मर्मत गरिएको प्रदेश समिति सदस्य घनश्याम नेपालीले जानकारी दिए ।
प्रदेश समिति सदस्य तथा जिल्ल सचिव नाम्गेल शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा विरामीलाई फलफुल वितरण गरिएको छ भने तिङ्लामा लाग्ने साप्ताहिक हाट परिसर सरसफाई गरिएको छ । यस्तै सहिद परिवारसंग भेटघाट कार्यक्रम रहेको रहेको उनको भनाई छ ।


उता लिखुपिके गाउँपालिकाको ५ वटौ वडामा पार्टीको वडा कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको समग्र विकास निर्माण लगायतको विषयमा गाउँपालिका प्रमुखसंग आवश्यक छलफल हुने प्रदेश सचिवाय सदस्य तथा जिल्ला सह इन्चार्ज हिमाल गिरीले जानकारी दिए ।सडक तथा गोरेटो बाटो सरसफाई देखि फोहोर फुयाक्ने डस्बीन राखिएको छ । शहिद परिवारसंग भेटघाट तथा सम्मान सहित जनचेतनामुलक कार्यक्रम लगायत अन्तरक्रिया समेत गरिएको माप्यदुधकोशी पार्टी कमिटी अध्यक्ष प्रकाश खालिङले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ०३ बजे