सोलुखुम्बु । नेपाल शेर्पा संघ महाकुलुङ कार्य समितिलाई ६ रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ ।
सचिव ङिमा शेर्पाको संयोजकत्वमा गठित जग्गा व्यवस्थापन तथा खरिद समितिले संघ महाकुलुङ समितिको नाममा ६.१७ रोपनी जग्गा पास गरेको हो ।
विभिन्न ९ वटा कित्ताबाट संघको नाममा जग्गाको व्यवस्थापन गरिएको अध्यक्ष लाक्पा ओङदी शेर्पा र सचिव ङिमा शेर्पाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महाकुलुङ समितिले संघका केन्द्रीय महासचिव ल्हाक्पा शेर्पालाई भेटेर अफिसियल जानकारी समेत गराएको छ ।

