काठमाण्डौँ ।सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित नि:शुल्क दन्त शिविरबाट ३५२ जना लाभान्वित भएका छन् । विपि विचार राष्ट्रिय समाज सोलुखुम्बु तथा ओम डेन्टल चावहिलको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरबाट दाँत उखाल्ने, सफा गर्ने तथा दन्त सेवा सम्बन्धि सेवा प्रवाह गरिएको समाजका सोलुखुम्बु अध्यक्ष चन्द्र आचार्यले जानकारी दिए ।
शिविरको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले उद्घाटन गरेका हुन् । उनले स्वस्थ शरिर भएमा मात्र मास्तिष्क स्वस्थ हुने र स्वस्थ मानिसले मात्रै समाज निर्माणमा भुमिका खेल्न सक्ने बताए । शिविरमा गाउँपालिका भन्दा बाहिरी क्षेत्रका नागरिकले पनि सेवा लिएका छन् ।
गाउँमै दाँत सम्बन्धि उपचार गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । शिविर उद्घाटन कार्यक्ममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, गाउँपालिका उपाध्यक्ष विना राई, वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई लगायतको उपस्थिती रहेको थियो ।