७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

सडक मर्मतमा जुटे वडा नम्बर २ का वडाध्यक्ष


२७ भाद्र २०८०, बुधबार  

590
Shares

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ङवाङ ठिले शेर्पा बर्खाको समयमा बिग्रिएको बाटो सरसफाईमा व्यस्त छन् ।

असार साउन र भदौमा लगातर परेको पानीका कारण बिग्रिएको सडक मर्मतमा जुटेका हुन । स्थानिय हाईड्रोपावर माउन्ट एभरेष्ट डेभ्लोपमेन्ट प्राली सँगको समन्वयमा वडा नम्बर ४ को जम्बुक देखि वडा नम्बर १ सम्म करिब ५ किलोमिटर सडक मर्मत भईरहेको छ ।

खाल्डाखुल्डी भएको ठाउँमा ढुंगा फिलिङ गर्ने, पहिरो झरेको ठाउँमा पन्छाउने लगायतका काम भईरहेको वडाध्यक्ष शेर्पाले बताएका छन् । उनका अनुसार नागरिकलाई अब आवतजावतमा सहज हुने छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ५९ बजे