१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

भुटानी गायिका सुस्मिता राईले गाइन् ‘आगो रैछ माया’(भिडियो)


२९ भाद्र २०८०, शुक्रबार  

346
Shares

काठमाडौं । गायक तथा संगीतकार टेक नाछिरिङको ‘आगो रैछ माया’बोलको गीत सार्वजनिक गरिएको छ ।

सोलु सोताङका नाछिरिङको शब्द संगीतमा तयार भएको गीतमा भुटानी गायिका सुस्मिता राईले स्वर रेकर्ड गराएकी छिन् । नाछिरिङ विश्व किर्तिमानी गायक समेत हुन् ।

नेपाली भाषाको गीत गाउँन नेपाल आएकी सुस्मिताले ‘आगो रैछ माया’गाएर भुटानी फर्किएकी छिन् । त्यसअघि उनले दुर्लभ जन्तरेको ‘आफ्नै भाकामा’, मनिष श्रेष्ठको ‘आँशु बर्बरी’गाएकी थिइन् । ‘आगो रैछ माया’को स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोलाई टेक नाछिरिङ युट्यूव च्यानलमा अपलोड गरिएको छ । सेवा रेकर्डिङमा रेकर्ड गीतमा कृष्णभक्त राईले संगीत संयोजन गरेका छन् । गाउँले इन्टरटेन्टमेनको ब्यानरमा निर्माण भिडियोको छायांकन र सम्पादन गंगाराम राईले गरेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ३९ बजे