११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तिज विशेष शुभकामना आदानप्रदान सम्पन्न



काठमाडौं । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान नेपालले तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कपन फैकामा आयोजित कार्यक्रममा तिज गायन प्रस्तुत गर्नुका साथै उपस्थित दाजुभाई दिदीवहिनीहरुलाई दर खुवाइएको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका १२ का वडाअध्यक्ष शम्भु प्रसाद भट्टराईले नेपाल लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ गायक शिवनारायण जोशीले नेपाली गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । ‘लोक कला संस्कृति जर्गेनाको सवालमा शिवनारायण दाई एककदम अघि देखिनुहुन्छ, यो कामको सिको गर्न आवश्यक छ ।’उनले भने ।

कार्यक्रममा नेपाल लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ गायक शिवनारायण जोशीले तिजमा देखिएको विकृति नियन्त्रण आवश्यक रहेको बताए । उनले भने, ‘हरेक जातजातीको संस्कृत बच्नुपर्छ भन्ने द्येयले संस्थान स्थापा गरेर कोशिस गरिरहेको छु । यो अभियानमा सबैको साथ चाहिन्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : ४१ बजे