२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

खाने तेलमा आत्मनिर्भर बन्न थुलुङ दुधकोशीको यस्तो छ योजना



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्नको लागि तत्काल बिउ बितरण गर्ने देखि तेल पेल्ने मिल स्थापना गर्नेसम्मका काम गर्ने योजना अघि सारेको छ ।

खाने तेल आयतमा पुर्णरुपमा प्रतिवन्ध लगाउने नीति आत्मसाथ गरेको गाउँपालिकाले अभियानकै रुपमा तेलहन बाली (भाटमास, सुर्यमुखी र तोरी) मा स्थानीयबासीलाई आकर्षित गराउने गतिविध सञ्चालन गर्ने योजना अघि बढाएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । एक हप्ताको म्याद राखेर अहिले तोरीको बीउका लागि माग संकलन सुरु गरिएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले गाउँपालिका क्षेत्र भित्र नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यको लागि बोलपत्र आव्हान गर्ने निर्णय भएको र तत्काल उक्त कार्यमा रोक लगाउँने निर्णय गरिएको पालिकाले जनाएको छ ।

यस्तै सोही बैठकले गाउँपालिका उपाअध्यक्ष सविता राईको संयोकत्वमा उपभोक्ता हकहित संरक्षण समिति गठन गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : ५८ बजे