१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

खुम्बुमा बेहोस भएका लालकाजीको उद्धार



खुम्बुमा बेहोस अवस्थामा फेला परेका एक व्यक्तिको उद्धार गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ घर भएका लालकाजी गुरुङ खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ स्थित विश्वराज तामाङले सञ्चालन गरेको हिल्टेन होटलमा अचेत अवस्थामा फेला परेका हुन् ।


स्थानियले खबर गरेपछि प्रहरी निरिक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी द माउण्टेन मेडिकल इन्स्टिच्युटमा लगिएको थियो । थप उपचारको लागि डाइनेष्ट्रि हेलिकप्टरद्वारा काठमाण्डौँ ल्याउन आवश्यक सहजीकरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ०९ बजे