१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

सोलुखुम्बुमा मोतिबिन्दुको शल्यक्रियाका लागि निःशुल्क शिविर हुने



सोलुखुम्बुमा मोतिबिन्दुको शल्यक्रियाका लागि निःशुल्क शिविर सञ्चालन हुने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको आयोजनामा फाप्लुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया हुने भएकाले निशुल्क छनौट शिविर सञ्चालन गर्न लागिएको प्रमुख विधान ताम्रकारले जानकारी दिए ।

जिल्ला केन्द्रले असोज ५ गते चौलाखर्क स्वास्थ्य चौकी लिखुपिके, ८ गते माप्य ग्रामिण आँखा केन्द्र बासा र कोफु स्वास्थ्य चौकी, ११ गते वाकु स्वास्थ्य चौकी वाकु र महाकुलुङ प्राथमिक अस्पताल बुङ्ग, १२ गते प्राथमिक स्वास्थ्य केन्द्र सोताङ, १४ गते नेले हेल्थ क्लिनिक नेले र आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान ५ छनौट शिविर हुने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

१५ गते देउसा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान र केरुङ स्वास्थ्य चौकी, १६ गते रणेम स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र सल्यान १ र तिङला स्वास्थ्य चौकी तिङला, १७ गते नेचासल्यान ग्रामिण आँखा केन्द्र दोदी, १८ गते जुबु स्वास्थ्य चौकी जुबु र बेतघारी स्वाथ्य चौकी बेतघारी, २० गते वङ्छु मेमोरियल अस्पताल टाप्टिङ र पञ्चन स्वास्थ्य चौकी पञ्चनमा सञ्चालन हुने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : ०१ बजे