१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

मौलिक संस्कृति पुस्तान्तरण हामी सबैको दायित्व : मेयर शेर्पा


१ आश्विन २०८०, सोमबार  

112
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले मौलिक र्सस्कृति पुस्तान्तरण हामी सबैको दायित्व भएको बताएका छन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर शेर्पाले भनेका छन्, ‘हामी विभिन्न धर्म र समुदायको भएतापनि एक अर्काको धर्म संस्कृतिलाई आदर सम्मान गर्ने, शुभकामना व्यक्त गर्ने, सँगै बसेर हर्षोल्लासका साथ मनाउने हाम्रो विशिष्ट खालको परम्परा रहि आएको छ ।’

उनले मौलिक परम्परा र संस्कारलाई अझ सुसंस्कारयुक्त बनाउनु, हाम्रो मौलिक पर्वहरुको धार्मिक र सामाजिक महत्व र गरिमालाई कायम राख्दै भावी पुस्ताहरुमा हस्तान्तरण गर्न हामी सबैको दायित्व रहेको बताएका छन् ।

मेयर शेर्पाले स्वास्थ्यको ख्याल गर्दै पारिवारिक र सामाजिक एकतालाई कायम राख्दै हर्षोल्लासका साथ तिज मनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ०७ बजे