काठमाडौँ । वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौँ शान्तिनगर स्थित न्यु समिट कलेज, शान्तिनगर, काठमाडौँ र TechTrix Nepal द्वारा आयोजित tTechTrix-2023 आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धताका साथ समापन भएको छ ।
कलेजका प्रिन्सिपल चोकराज दवाडीको सभापतित्वमा भएको समापन समारोहमा प्रमुख अतिथि त्रि. वि IOSTका डिन प्रा. डा. विनिल अर्यालले IT शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्र्तनिहित क्षमता प्रस्फूटन गर्न चाहिने यथेष्ट अवसर कार्यक्रमले दिएको र आगामी विश्व IT शिक्षा र IT विज्ञले गर्नेमा दुई मत नभएको ताए ।
कार्यक्रममा विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । IT Quiz मा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । Clash Royale सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भए । PUBGI का विजेता भने KFA कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम Hype उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो ।FIFA 23 विजेता जगदीश पाण्डे भएका थिए भने उपविजेता को उपाधि समीर गुरुङलाई गएको थियो ।
तिन दिवसीय प्रतियोगिता को मुख्य आकर्षण HackathonSt. Xaivers कलेजले जितेको थियो भने उपविजेता उपाधि kflwSagarmatha College र तेस्रो स्थानNew Summit Collegeलाई गएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायक भूमिकामा रहेका विषय विज्ञहरु विश्वकाजी श्रेष्ठ , रोशन खत्री , अभिषेक कोइराला , ई.आर. प्रवीण चौहानको निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो ।
कलेज ञ्चालक समितका अध्यक्ष अजय प्रसाद ढकालले स्वागत मन्तव्य राख्दै कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायत सम्पूर्ण प्रायोजक तथा प्रत्यक्ष परोक्ष रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।