१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

दरमा लाखौँ खर्चसम्बन्धी समाचारको खण्डन गर्दै सोलुदुधकुण्डले दियो प्रष्टिकरण


२ आश्विन २०८०, मंगलबार  

200
Shares

काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले तिजको दरको नाममा लाखौँ रकम खर्च गरेको प्रकाशित समाचारको खण्डन गरेको छ । खर्च विवरण प्रस्तुत गर्दै नगरले केहि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचार तथ्यभन्दा पर रहेको प्रष्टिकरण दिएको छ ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत कोपिला राईद्वारा जारी विज्ञप्तीमा तिज सम्बन्धी विभिन्न क्रियाकलापमा रु एक लाख दुई हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा लोक संस्कृति संरक्षणको द्येयले गरिएको खुला लोक नृत्य प्रतियोगीतामा पुरस्कार र चियापानमा ६२ हजार र तिजकै अवसरमा जिल्ला कारागारमा प्रदान गरिएको टेलिभिजन खरिद खर्च ४० हजार खर्च गरेको उल्लेख गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै नगरले समाचारमा आएजस्तो लाखौ रकम खर्च गरेको विषयमा सत्यता नभएको जनाइएको छ । विज्ञप्ती मार्फत नगर पारदर्शिता र जवाफदेहितामा प्रतिबद्ध रहेको दाबी गर्दै सत्य तथ्य बुझेर समाचार संप्रेषण गर्न आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १० : २० बजे